१८ असार २०८३, बिहिबार

मनोज र ताराले ल्याए ‘मायाको झल्को’

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ । गीतलाई स्वयम् गायक मगरले संयोजन गर्नुभएको हो ।

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ । भिडियोमा विजय लामाको छायाँकन रहेको छ ।

अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो ।