
मस्को, २५ माघ । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् ।
रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबारउम्मेदवारी बारे जनाकारी गराउनुभएको छ ।
पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उम्मेदवार हुने बताउनुभएको छ ।
सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ ।
रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ । सिन्ह्वा








प्रतिक्रिया