
इस्लामवाद, २५ माघ । जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले मतदान गर्नुभएको छ ।
पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पूर्वप्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गर्नुभएको हो । पूर्वप्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।
हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्वमुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहनुभएको छ ।
तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परे पछि मतदानमा सहभागी हुन कानुनतः पाउनुभएन ।









प्रतिक्रिया