९ असार २०८३, मंगलबार

अध्यक्ष ओली आज रौतहट आउनुहुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार रौतहट आउने हुनुभएको छ ।

एमाले रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्न अध्यक्ष ओली रौतहट आउन लाग्नु भएको हो । जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदैछ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनले नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ ।

एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताउनुभएको छ ।