
हेटौंडा, २५ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ भाङटारस्थित कर्रा खोलामा पुल निर्माण गरिने भएको छ ।
चालु आर्थिक वर्षमा बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, चितवनले रु चार करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो ।
कर्रा खोलामा पुल नहुँदा यस क्षेत्रका नागरिकले सास्ती बेहोर्दै आएका थिए । पुल बन्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणका लागि आवश्यक तयारी भइरहेको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।
बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा २६ पक्की तथा ६ झोलुङगे पुल निर्माण गरिसकेको छ । त्यसैगरी दुई सय ५५ एकाइ आवास पनि निर्माण सम्पन्न गरेको जनाएको छ ।









प्रतिक्रिया