२२ जेष्ठ २०८३, शुक्रबार

बस दुर्घटनामा बालिकाको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २५ माघ । बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा बुधबार कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो ।

कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० नं को यात्रुबाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

मृतक बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन् । घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ ।