
काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहण गर्नुभएको छ । बुधबार उहाँलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउनुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
पाण्डेयलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गर्नुभएको थियो ।









प्रतिक्रिया