२२ जेष्ठ २०८३, शुक्रबार

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २४ माघ । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ५ लयाँटीका प्रकाश बुढा हुनुहुन्छ । दैलेखको आठबिस नगरपालिका ४ राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।

हिजो माघ २३ गते इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै उहाँको ज्यान गएको उहाँका आफन्तले जानकारी दिनुभयो ।