२ श्रावण २०८३, शनिबार

अष्ट्रेलियाका सांसदले लिए भागवद् गीता छोएर शपथ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बन्नुभएको छ । नयाँ सिनेटरमा चयन हुनुभएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका शपथ लिनुभएको छ ।

गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उहाँलाई सो कार्यका लागि बधाईसमेत दिनुभएको छ । पेनी वोङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ । सिनेटर घोष भागवद् गीताको शपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन् । मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागि पहिलो हुनुहुन्छ, तपाइँ निश्चित हुनुपर्दछ कि तपाइँ अन्तिम हुनु हुन्न ।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो ।

पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भन्नुभएको थियो, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ ।’

अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गर्नुभएको थियो, जुन १८ वर्ष पछि उहाँ सिनेटरमा निर्वाचित हुनुभयो ।