२५ जेष्ठ २०८३, सोमबार

काँग्रेस महासमितिको बैठकका लागि आठवटा उपसमितिका संयोजकलाई जिम्मेवारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसले आगामी फागुनमा हुने महासमितिको बैठक तयारी गर्न मूल समितिका विभिन्न उपसमिति संयोजकहरू चयन गरेको छ ।

आगामी फागुन ७ गतेदेखि सुरू हुने कांग्रेस महासमिति बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमितिको संयोजक चयन गरी आइतबार जिम्मेवारी दिनु भएको छ ।

जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । साथै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन हुनु भएको छ ।

महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने कुरामा सभापति देउवाले विश्वास व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।