
मुम्बई, १९ माघ । बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहनुभएको छ । उहाँहरुको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ ।
के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी भ्युज प्राप्त भएको छ ।
मानिसहरु पनि दिनहुँ बारम्बार सुन्ने गरेको देखिन्छ । जसका कारण दिन प्रतिदिन यस भजनको हेराइ बढिरहेको छ ।
समाचार अनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ । यो गीतलाई गुलशन कुमार र हरिहरनले स्वर दिनुभएको छ ।
आज पनि यो भजन सुनेर मानिसहरु भक्तिमय बन्छन् ।
उल्लेखनीय छ कि गुलशन कुमार एक भारतीय व्यापारी र निर्माता हुनुहुन्थो, जसको १२ अगस्त १९९७ मा हत्या गरिएको थियो ।
संगीत क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सबै परिस्थिति बदलियो । एक मध्यमवर्गीय परिवारमा जन्मेका गुलशन कुमारले जुलाई ११, १९८३ मा टि सिरिजको स्थापना गर्नुभएको थियो, त्यसपछि उहाँले १९८८ मा ‘कयामत से कयामत तक’ सँग पहिलो ब्रेक पाउनुभयो र ८० लाख क्यासेट बेच्नुभएको थिथो ।
यसपछि फिल्म आशिकीका गीतले रेकर्ड तोडेका छन् । गुलशन कुमार क्यासेट किङ भनेर चिनिन थालिनुभयो । तर, सन् १९९७ मा गुलशन कुमारलाई सार्वजनिक रूपमा गोली हानेर हत्या गरियो, जसले मानिसलाई स्तब्ध बनाएको थियो ।








प्रतिक्रिया