२५ जेष्ठ २०८३, सोमबार

दक्षिण कोरियामा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल, १७ माघ । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ ।

सो विमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, विमान दुर्घटना भए पनि पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका छन् र उनलाइ कोरियाली समुद्री बलले उद्धार गरेको थियो ।

एफ १६ फाइटिंग फाल्कन ८ औं फाइटर विंग स्थानीय समय अनुसार बुधबार बिहान लगभग ८ः४१ बजे मा दुर्घटनाग्रस्त भएको हो ।

‘पाइलटलाई गणतन्त्र कोरिया सामुद्रिक बलले बरामद गरेको छ र उनको अवस्था स्थिर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीलाई कुनसान एयर बेसमा फिर्ता गरिएको छ जहाँ उनको थप उपचार हुनेछ भने दुर्घटनाको कारण खोजिनेछ ।’

तर, अमेरिकाले ती पाइलटको नाम भने सार्वजनिक गरेको छैन, न त उनको अवस्थाको बारेमा थप विवरणहरू बाहिर प्रकाशमा ल्याएको छ ।

‘हाम्रो आरओके सहयोगीहरूले हाम्रो एयरम्यानको सुरक्षित पुनः प्राप्तिको लागि र पाइलट राम्रो अवस्थामा रहेकोमा हामी कृतज्ञ छौं,’ ८ औं फाइटर विंग कमाण्डर कर्नल म्याथ्यू सी गेटकेले विज्ञप्तिमा भन्नुभएको छ ।