२९ जेष्ठ २०८३, शुक्रबार

अभिनयबाट ब्रेक लिँदै प्रभास, यस्तो छ कारण

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १७ माघ । अभिनेता प्रभासको दक्षिण भारतीय फिल्ममा आफ्नो दबदबा चल्छ । ‘बाहुबली २’को सफलताको ६ वर्षपिछ प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार पार्ट १’ दर्शकलाई दिनुभयो ।

अब भने दर्शकले उहाँको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकी उहाँ अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदैहुनुहुन्छ ।

प्रभासले ‘सालार’को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिनुभएको हो । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ । प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिनुभएको हो ।

प्रभास ‘सालार’बाट प्राप्त प्रतिक्रियाबाट खुसी हुनुहुन्छ । ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो । उहाँ आफ्नो करियरमा अझ बढी केन्द्रीत हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लाग्नुभएको हो । उहाँ अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहनुहुन्छ ।

त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा हुनुहुन्न । उहाँ केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै हुनुहुन्छ ।

उहाँ मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरु गर्ने मनस्थितिमा हुनुहुन्छ । उहाँ आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा हुनुहुन्छ । उहाँलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रुपले ठिक हुन सकेको छैन ।

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ । जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ । यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन् ।