३१ असार २०८३, बुधबार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको पार्टीले गरेको र्‍यालीमा विस्फोट हुँदा ४ को मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको पुष्टि गर्नुभएको छ ।

घाइतेहरुलाई सिभिल अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेर अपराधीहरुको खोजी सुरु गरेको अधिकारीहरुले जनाएका छन् ।

पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानबिन गर्न माग गरेको छ ।