१२ श्रावण २०८३, मंगलबार

सलिनमान ५ वर्षपछि ‘युओजी’मार्फत कमब्याक गर्दै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज’मार्फत नेपाली फिल्ममा कमव्याक गर्नुहुने भएको छ ।

मंगलबार सलिनमान र सलोन बस्नेतको मुख्य भुमिका रहने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ ।

थिम पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ ।

फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनेछ । सलोन र सलिनमानले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लाग्नुभएको हो ।

करिब चार करोड बजेटमा निर्माण हुने फिल्म आगामी वैशाख वा जेठबाट फ्लोरमा जानेछ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ । एक्सन जनरामा निर्माण हुने फिल्मका लागि सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहनुभएको छ ।

फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी दिएको छ ।