
मकवानपुर, १५ माघ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष थारू आयोगका सदस्य शान्ति मोदीले आयोगको कार्यसम्पादनसम्बन्धी पाँचौँ वार्षिक प्रतिवेदन २०७९/०८० को आज हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले थारू समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन आयोगले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
सदस्य मोदीले आयोगले थारू समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, रोजगारीका क्षेत्रमा कार्यसम्पादन गरिरहेको बताउनुभयो ।









प्रतिक्रिया