
हेटौंडा, १५ माघ । मकवानपुरको हेटौंडा-१७ गैरीगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सालक पार्कबाट चौघडातर्फ जाँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आएको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा-१७ हटिया बस्ने २४ वर्षीय हरि पनेरुको मृत्यु भएको हो ।
उहाँको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उहाँकी श्रीमती अर्चना पनेरू घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया