२८ असार २०८३, आइतबार

दुर्घटनाबाट जोगिए कार्तिक आर्यन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १५ माघ । बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित दुर्घटनाबाट जोगिनु भएको छ ।

गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुग्नुभएका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए । ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडेपनि कार्तिकलाई भने केही भएन ।

उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा कार्तिक फ्यानलाई भेट्न गएका देखिन्छ । त्यो बेला उत्साहित फ्यानको भीडले ब्यारिकेड तोडेपछि उनीहरु एकअर्कामाथि लडेका हुन् । कार्तिकलाई देख्नासाथ कार्तिकतिर फ्यान आउन खोजेपछि ब्यारिकेड लडेको थियो ।

ब्यारिकेड लड्नासाथ कार्तिकले पछाडि सरेर आफूलाई सुरक्षित स्थानमा राख्नुभएको थियो । समाचार अनुसार दुर्घटनामा केही फ्यान घाइते हुनुभएको छ । आयोजक र प्रहरीले तुरुन्तै स्थानलाई नियन्त्रण लिएको थियो । जसकारण त्यहाँ भागदौड हुन पाएन ।

कार्तिकले अवार्डमा आफ्नो प्रस्तुति पनि दिनु भएको थियो । कालो टी–सर्टवाला कोट र त्यस्तै पेन्टमा उहाँ आकर्षक देखिनु भएको थियो । कार्तिक हाल फिल्म ‘चन्दु च्याम्पियन’को सुटिङमा व्यस्त हुनुहुन्छ ।