२४ असार २०८३, बुधबार

पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बनाउने निर्णय भएको बताउनुभयो । समितिकाअनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ ।

‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भन्नुभयो, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’

यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्धार निर्माण गरेको छ ।