२८ जेष्ठ २०८३, बिहिबार

माल्दिभ्सको संसदभित्रै झडप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ ।

प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’(एमडीपी)ले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारिस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।

एमडीपीको मागमा सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसदहरु हात हालाहालको स्तरमा उत्रिदा बैठक नै अवरुद्ध भएको थियो ।

दुई पक्षबीचमा भएको झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम, अब्दुल हकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हातहालाहालको अवस्था आएको थियो । झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ ।

अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए । गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको थियो ।

त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन । प्रधानमन्त्री मुइज्जु नेतृत्वको गठबन्धन सरकारलाई चिन निकट रहेको बताइन्छ भने, उता प्रमुख प्रतिपक्षी विपक्षी दल एमडीपी भारतको निकटस्थ मानिन्छ ।