
काठमाडौं, १५ माघ । माया मनैदेखि निस्कने भएकोले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ ।
आफ्नो सम्झेर माया उसैलाई सुम्पेको हुन्छ, त्यसैलाई माया भन्ने गर्छ । मायाविना संसार शून्य हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र चल्दैन दुनियाँ । हरेक मान्छेले माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकोले पनि होला । गायिका मिलन नेवार र सुरेन्द्र महर्जनको स्वरमा रहेको ‘मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है’ । गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा संगीतकार राम कार्कीको संगीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठले निर्देशन गर्नुभएको छ ।
सार्वजनिक भिडियोमा सम्पदा बाँनिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतले गर्नुभएको छ ।








प्रतिक्रिया