२६ जेष्ठ २०८३, मंगलबार

तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १५ माघ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याइएका मोटर साइकल चालक आँबुखैरे गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए । त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नंम्बरको मोटरसाइकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रकका चालकलाई नियमन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।