११ असार २०८३, बिहिबार

आजको मौसम : तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ । झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईका केही ठाउँमा परेको शीतलहरका कारण तराईको जनजीवन दैनदिन कष्टकर बन्दै गएको छ । महाशाखाले अझै केही दिन तराईमा लागेको बाक्लो हुस्सु नहट्ने जनाएको छ ।

यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन । उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ ।

आज काठमाडौंको न्युनतम तापक्रम २ दशमलब १ डिग्रि सेल्सियस मापन भएको छ ।

महाशाखाको अनुसार आज पहाडी क्षेत्रमा भने मौसम आंशिक रुपमा बदली भएको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।