२५ जेष्ठ २०८३, सोमबार

राप्रपा नेपालले तराई मधेश क्षेत्रका सबै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राप्रपा नेपालले तराई मधेश क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेश क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २५ गते सप्तरी र उदयपुर, २६ गते सिरहा र धनुषा, २७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण सञ्चालन हुनेछ ।

मुलुकको अवस्था बदल्नको लागि व्यवस्था परिवर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पूर्व तयारीको रुपमा अघि बढाइने जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भावी कार्ययोजना र आन्दोलनको आवश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको बताइएको छ ।