
काठमाडौं, १४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने हुनुभएको छ ।
उहाँले चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्न लाग्नु भएको हो । आज आइतबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो। घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली पनि सहभागी हुनु भएको थियो ।
अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशिमा फिल्म ‘नमेटिने घाउ’ बन्न लागेको हो । फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनलाई देखाइनेछ ।
फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्न लाग्नु भएको हो । ओलीले यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ फिल्ममा पनि अभिनय गरिसक्नु भएको छ ।
एसिड आक्रमणमा पर्नुभएकी मुस्कान खातुनको जीवनमा आधारित रहेर फिल्म निर्माण गर्न लागिएको हो । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ।
एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नुहुनेछ ।









प्रतिक्रिया