१५ असार २०८३, सोमबार

गायिका रचना रिमाल सवार स्कार्पियोलाई ट्रकले ठक्कर दियो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । गायिका रचना रिमाल सवारी दुर्घटनामा परेकी छिन् ।

आईतबार उनी नेपालगन्जबाट दाङको लमहीमा आयोजना हुने महोत्सवमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् ।

उनी सवार बा १६ च ८३४३ नम्बरको स्कार्पियोलाई बागमती प्रदेश ०३-०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टा नजिकै ठक्कर दिएको थियो ।

रिमालको अवस्था सामान्य रहेको बताइएको छ । रिमाल आजको कार्यक्रममा सहभागी भइनन् ।

उनले फेसबुकमार्फत दुर्घटनाबारे जानकारी गराएकी छन् र भोलिको कार्यक्रममा भने आफ्नो प्रस्तुति रहने बताएकी छन् ।