२३ जेष्ठ २०८३, शनिबार

टीका बस्नेतको ‘मार्क्सवाद र उत्तरआधुनिकतावाद’को लोकार्पण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १४ माघ । पत्रकार लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकको एक समारोहकाबीच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

विएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य विसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लामिछानेको प्रमुख आतिथ्यता तथा बाम विश्लेषक रोशनको विशिष्ट आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा.डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरु परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । मार्क्सवाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै प्रा.डा. लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताउनुभयो ।

युवा पुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताउनुभयो । ‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा टीका जीले मार्क्सवादलाई सरल ढंगले बुझाउने गरी पुस्तक प्रकाशन गर्नुभएको छ । जो अत्यन्तै सह्राहनीय पक्ष हो’, प्रा.डा. लामिछानेले भन्नुभयो, ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीका जीको प्रवेशले आशा दिलाएको छ । लेखनीमा निरन्तरता दिन म आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै बाम विश्लेषक जनकपुरीले मार्क्सवाद र उत्तरआधुनिकतावाद विपरित ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रमहरु चिर्नेमा विश्वास गर्नुभयो । उत्तरआधुनिकतावादी र उत्तरमार्क्सवादीहरुले मार्क्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा मार्क्सवादीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो । समालोचनामा विधा चुनौतिको विधा भएको भन्दै उहाँले मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गरेको बताउनुभयो ।

उक्त अवसरमा दर्शनका अध्यता प्रमोद घितालले दर्शन र माक्र्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति मार्क्सवाद  र उत्तरआधुनिकतावाद भएको बताउनुभयो । कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नुभएको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।