
काठमाडौं, १३ माघ । भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ ।
शनिबार दिउँसो भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको मृत्यु भएको प्रहरीले जनाएको हो ।
खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए । लगत्तै उपचारका लागि सिद्धी स्मृति अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया