१२ असार २०८३, शुक्रबार

कोशीको गडबडी छानबिन हुनुपर्छ : रामनारायण विडारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । माओवादी केन्द्रका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित समसामयिक अन्तरक्रियामा उहाँले गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताउनुभयो ।

कोशीमा सत्ता गठबन्धन दलबाट कांग्रेसका कृष्ण सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार हुनुहुन्थो । सिटौला निर्वाचित भए भने एमालेकी रुक्मिणी कोइरालासँग कार्की पराजित हुनुभयो ।

दलहरुका शीर्ष तहको महमतिअनुसार मतदाता इमानदार भएको खण्डमा सत्ता गठबन्धन दलको मतभार कार्कीलाई जिताउन पर्याप्त थियो । तर, उहाँ हार्नुभयो । अहिले गठबन्धनमा यसको समीक्षा भइरहँदा विडारीले अवस्था प्रष्ट पार्नुभएको हो ।

‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानबिन हुनपर्‍यो । कसले गडबड गर्‍यो, किन गर्‍यो, गडबडका कारण के थिए ? यो बारेमा छानबिनपछि मात्रै भनिन्छ,’ उहाँले भन्नुभयो ।