२३ जेष्ठ २०८३, शनिबार

अध्यक्ष ओलीसँग चिनियाँ उपमन्त्री सुन हायानको शिष्टाचार भेट (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।

शनिबार एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख डा. राजन भट्टराईलगायत सहभागि हुनुहुन्थो ।