१६ असार २०८३, मंगलबार

रवि लामिछाने भारत उडे, यस्तो छ कार्यक्रम

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ । उहाँसँगै उपसभापति डोलप्रसाद अर्याल पनि दिल्ली जानुभएको छ ।

रास्वपा स्रोतका अनुसार उहाँहरु नयाँ दिल्लीमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेहुनेछ । उहाँहरु हैदरवादमा आयोजित कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

भारत प्रस्थान गर्नुअघि सभापति लामिछानेले पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको बताइएको छ ।

सभापति लामिछाने दुई दिनसम्म भारतमा रहनुहुनेछ भने उहाँ माघ १५ गते स्वदेश फर्कनुहुनेछ ।