३१ जेष्ठ २०८३, आइतबार

‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित हुनुभएको छ ।

टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसक्नुभएको थियो ।

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले राससलाई जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिष्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रुपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालकाबारेमा सही सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदै गएकाले सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उहाँको भनाइ थियो ।