१५ असार २०८३, सोमबार

अध्यक्ष ओलीद्वारा भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १२ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुक भारतलाई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटरमा लेख्दै भारताई ७५ औँ गणतन्त्र स्थापना दिवसको शुभकामना दिनुभएको हो । ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना ।’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

भारतले आज ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । भारतले ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस मनाउँदैछ ।

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ ।