१० असार २०८३, बुधबार

ओस्कारको सर्वाधिक १३ विधाको मनोनयनमा ‘ओपेनहाइमर’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । ७५ औंं संस्करणको एकेडेमी अवार्ड(ओस्कर)को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधाको मनोनयनमा पर्दा ‘पुअर थिङ्स’ ११ र ‘बार्बी’ ८ विधाको मनोनयनमा परेका छन् ।

फिल्म ‘ओपेनहाइमर’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्टर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’,‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कस्ट्युम डिजाइन’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’, ‘बेस्ट साउण्ड’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ र ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’ मनोनयनमा परेका छन् ।

त्यस्तै ‘पुअर थिङ्स’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट डिरेक्टर’, ‘बेस्ट एडप्डेट स्क्रिनप्ले’, ‘बेस्ट ओरिजिनल स्कोर’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ’, ‘बेस्ट फिल्म इडिटिङ’, ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट प्रोडक्सन डिजाइन’को मनोनयनमा परेका छन् । यस्तै फिल्म ‘बार्बी’ अवार्डमा ‘बेस्ट पिक्चर’, ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’, ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘बेस्ट एडप्टेड स्क्रिनप्ले’, ‘बेस्ट कष्ट्युम डिजाइन’, ‘बेस्ट प्रोडक्सन डिजाइन’ मनोनयनमा परेका छन् । अवार्ड मार्च १० मा आयोजना हुँदैछ ।