५ श्रावण २०८३, मंगलबार

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् ।

आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–असद एयरबेसमा धेरै ब्यालेस्टिक मिसाइल र रकेटहरू प्रहार गरिएको थियो,’ अमेरिकी केन्द्रीय कमाण्डले ट्विटरमा एक पोस्टमा भनेको छ ।

वायु रक्षा प्रणालीले हावामा रहेका अधिकांश क्षेप्यास्त्रहरूलाई रोकेर नष्ट ग¥यो । तर, केही मिसाइलहरू एयरबेसमा खसेका थिए । अहिले क्षतिको विवरण संकलन भइरहेको छ । धेरै अमेरिकी कर्मचारीको टाउकोमा गम्भीर चोट लागेको छ ।