२९ जेष्ठ २०८३, शुक्रबार

शिव परियारको ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन् ।

गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा ‘स्माइल’सँगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ ।

नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका हुन् ।

मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।

शिव परियारको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा माया प्रेम र बिछोडको पीडाले कसरी ‘भतभती मुटु पोलिरहेछ’ भनेर देखाउन खोजिएको छ ।