१२ असार २०८३, शुक्रबार

दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को सिक्वेल बन्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ५ माघ । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को सिक्वेल बन्ने भएको छ ।

फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गर्नु भएको हो । ‘दिल बेचारा २’ मुकेशले ट्वीट गर्नु भएको छ । उहाँको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो । सुशान्त र संजना सांघी स्टारर यो फिल्म कोरोना महामारीको समयमा ओटिटीमा जुलाई २०२० मा रिलिज भएको थियो ।

सन् २०२० जुन १४ मा सुशान्तका निधन भएपछि यो फिल्म जुलाई २०२० मा रिलिज भएका थियो । ओटिटी प्लेटर्फममा यो फिल्मले दर्शक राम्रो पाएको थियो ।

यो फिल्म जसै डिज्नी प्लस हटस्टारमा रिलिज भयो, त्यो बेला ओटिटी क्र्यास भएको थियो । प्लेटफर्मममा दर्शकको संख्या ह्वात्तै बढेपछि यसको रिलिजमा समस्या देखिएको थियो । यो फिल्म जोन ग्रीनका उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

निर्देशक छाबडाले ‘दिल बेचारा २’ मा कुन कलाकारले अभिनय गर्ने र कथा के हुनेछ भन्ने बारेमा केही खुलाउनु भएको छैन ।