
काठमाडौं, ४ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको अनामनगर र शंखमुलमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाले आजदेखि नै कारोबार थालेका छन् । नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ज्योति प्रकाश पाण्डेले गर्नुभएको हो ।
ग्राहकहरुको आवश्यकता र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदानका लागि शाखा विस्तार गरिएको सिइओ पाण्डेले बताउनुभयो ।
काठमाडौं उत्पयाकाका अन्य स्थानहरूमा पनि शाखा विस्तार गरिने पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया