
काठमाडौं, ३ माघ । फिल्म ‘मायाका रंगहरु’मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । केवल तामाङको निर्माण र निर्देशकीय डेब्यू रहने उक्त फिल्ममा यसअघि अभिनेता पल शाह र कुन्दन भारद्वाज अनुबन्धित हुनुभइसकेको छ । केवलले हालैमात्र सुनिल र बुद्धिलाई फिल्ममा अनुबन्ध गर्नुभएको हो ।
फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन नेपालको इलाम र काठमाडौं तथा भारतको सिक्किम, दार्जिलिङमा गरिने फिल्मको निर्माता आरबी थाङदेनले जानकारी दिनुभयो ।
फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । फिल्ममा जेनिश न्यौपाने र दिपेन्द्र चिलवालले सह–निर्माताको भूमिका निर्वाह गर्नुहुनेछ ।
यस्तै, फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनुहुनेछ । निर्देशक तामाङले पर्यटन प्रवद्र्धनका लागि फिल्म बनाउन लागिएको बताउनुभयो ।








प्रतिक्रिया