६ असार २०८३, शनिबार

सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजिनामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजिनामा दिनुभएको छ । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि उहाँले राजिनामा दिनुभएको हो । प्रहरीले उक्त घटनाको छानविन भइरहेको जनाएको छ ।

सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् ।

मंगलबार सीसीटीभी फुटेज सार्वजनिक भएपछि उहाँको राजीनामा आएको हो । सीसीटीभी फुटेजमा, उहाँले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो ।

संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहनुभएकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रच्नु भएको थियो । उहाँ न्यूजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी हुनुहुन्थो ।

उहाँले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसक्नुभएको छ । गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुग्नुभएको हो । उहाँको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।

हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी हुनुभएको थियो । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा, उहाँले गाजामा हमासविरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आउनुभएको थियो । यसका लागि उहाँले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।