२४ जेष्ठ २०८३, आइतबार

‘अगस्त्यः च्याप्टर १’ मा नाजिरका ६ लुक्स

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीका अनुसार नाजिरले फिल्मका लागि २० केजी तौल बढाएका थिए ।

सार्वजनिक पोस्टरमा नाजिरको सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको छ । फिल्ममा उहाँलाई ‘निसान’ पात्रको भूमिकामा देख्न पाइनेछ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुनुहुन्छ । फिल्ममा सौगात र नाजिरसँगै मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।