७ असार २०८३, आइतबार

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेपाल एक्टिभ प्रोडक्सन प्रालिले पहिलोपटक गर्न लागेको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को आवेदन फारम खुल्ला गरिएको छ । फारम भर्न गीतको नाम वा यूट्युब लिंक, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक छ ।

२०७९ सालदेखि २०८० पुस १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउनेछन् । गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सनका निर्देशक सूर्य मम्बा तामाङले बताउनुभएको छ । नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरूको मनोबललाई उच्च बनाउन पनि कार्यक्रमको आयोजना गरिएको तामाङले बताउनुभयो ।

सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र जस्ता विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशकसहित ५६ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

टप-५ नोमिनेशन आगामी माघ तेश्रो साताभित्र सार्वजनिक गरिने छ भने अवार्ड समारोह फागुनमा काठमाडौंमा आयोजना हुनेछ ।