३१ जेष्ठ २०८३, आइतबार

हमास–इजरायल युद्धको १०० दिन पूरा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताउनुभएको छ ।

इजरायली सेना पूर्ण विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरसंहारको दक्षिण अफ्रिकाको आरोपलाई पनि अस्वीकार गर्नुभयो ।

नेतान्याहुले अदालतबाट कुनै पनि दबाब स्वीकार गर्न अस्वीकार गर्दै दक्षिण र उत्तर दुबैमा सुरक्षा पुनःस्थापित गर्ने बताउनुभयो । ‘न हेग न त कुनै अन्य शक्तिले हामीलाई रोक्न सक्छ,’ उहाँको भनाइ छ, ‘हामी गाजामा विजयको बाटोमा छौं र हामीले विजय हासिल नगरेसम्म हामी रोकिने छैनौं ।’