२० असार २०८३, शनिबार

पेरुकी पोर्न स्टार थैना मृत फेला

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरु, २८ पुस । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिनुभएको छ । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्यवहारको खुलासा गर्नुभएको थैना घरमा नै मृत भेटिनुभएको हो ।

उहाँले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाउनुभएको थियो । उहाँले आरोप लगाएको केही महिनामा नै उहाँ मृत भेटिनुभएको हो । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुनुहुन्थो ।

थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गर्नुभएको छ ।

८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गर्नुभएको थियो । ‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुव्यवहार गरियो । शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो’, उहाँले भन्नुभएको थियो ।