६ असार २०८३, शनिबार

माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएन्जल्स, २८ पुस । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ ।

‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तिब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट सुरु हुनेछ ।

फिल्ममा एन्टोनी फूक्वाको निर्देशन रहनेछ । यो प्रोजेक्ट लायन्सगेटको सहयोगमा निर्माण हुनेछ । फिल्ममा ज्याक्सनका भतिज जाफर ज्याक्सनले शीर्ष भूमिका निभाउनुहुनेछ ।

युनिभर्सल पिक्चर्सले जापानबाहेकका देशका लागि फिल्मको अन्तर्राष्ट्रिय अधिकार लिइसकेको छ । फिल्म ‘ग्राहम किङ’ जोन ब्रैंका र जोन मेकक्लेनले मिलेर निर्माण गर्दैछन् । फिल्मको पटकथा जोन लोगनले लेख्नुभएको छ ।

उहाँले यसअघि ‘ग्लाडिएटर’ र ‘द एविएटर’ जस्ता फिल्म लेख्नु भइसकेको छ । निर्देशक एन्टोनीले फिल्मले ज्याक्सनको जीवनसँग जोडिएका सबै कुरालाई समेट्ने बताउनुभयो । तर निर्देशकले दिवंगत संगीत आइकनसँग जोडिएका विवादलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने यकिन भइसकेको छैन । बायोपिक उहाँको सम्पत्तिको संयोजनमा बनाइँदैछ, जसले बच्चाको यौन शोषणको आरोपका विरुद्ध उहाँको बचाव गरेका थिए ।

माइकलको जन्म २९ अगष्ट, १९५८ मा गेरी, इण्डियाना(शिकागो, इलिनोइसमा एक औद्योगिक उपनगर)मा एक श्रमिक वर्गको परिवारमा भएको थियो । जोसेफ वाल्टर ‘जो’ र केथरिन एस्थर (नी स्क्रूज)का नौं सन्तानमध्ये माइकल सातौं सन्तान हुनुहुन्थो ।