
मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नू हालका दिनमफिल्म ‘डंकी’ को सफलताको उत्सव मनाइरहनु भएको छ । फिल्ममा उहाँले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गर्नुभएको छ ।
हालै एक अन्तरवार्तामा उहाँले फिल्ममा अनुबन्ध भएपछि पनि आफू फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गर्नुभएको छ ।
उहाँका अनुसार फिल्म उद्योगकाबारेमा ‘उहाँ फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय गर्नुहुन्छ’ भन्ने अफवाह छ । यही कारण उहाँले कैयौं प्रोजेक्ट गुमाउनु भएको छ ।
यही अफवाहका कारण निर्देशकहरु उहाँलाई राम्रो सहायक चरित्रकालागि प्रस्ताव गर्न हिचकिचाइरहेका छन् । ‘हरेक कोही राजकुमार हिरानी सर जस्ता छैनन् । उहाँलाई कुनै कम्फर्ट जोनको आवश्यकता छैन् । फिल्म ‘मनमर्जिया’ मा मेरो काम देखेर उहाँले अचानक मलाई म्यासेज गर्नुभयो । मेरो धेरै फिल्म हेरेपछि उहाँले मलाई ‘डंकी’ मा प्रस्ताव गर्नुभयो । यो एक सुन्दर सत्य थियो । यहीकारण फिल्मको पहिलो सेड्युल पूरा हुन्जेल सम्म मलाई विश्वास भएन’, उहाँले भन्नु भएको छ ।
तापसीका अनुसार ‘डंकी’ फ्लोरमा गएको डेढ वर्षसम्म मानिसहरुले आफूलाई ‘राजुले कुनै दोस्रो अभिनेत्रीमाथि पनि विचार गरिरहेको’ भन्ने सुनाए । ‘तर राजु सरले यस्तो केही गर्नुभएको थिएन । उहाँ म प्रति आश्वस्त हुनुहुन्थ्यो । यहीकारण म यो फिल्म गर्दैछु भन्ने स्विकार्न मलाई निकै समय लागेको थियो’, उहाँले भन्नुभयो ।
फिल्म उद्योगमा उहाँमाथि अन्य व्यक्तिहरुले के धारणा राख्छन् भन्नेबारे पनि बोल्नु भएको छ । ‘यो एक गलत हल्ला हो कि जसलाई टाढा राख्दा राख्दा म थाकिसकेकी छु । मेरो बारेमा यो भनिन्छ कि यदि कुनै फिल्ममा मेरो केन्द्रीय चरित्रमा छैन भने म काम गर्दिनँ । मेरो बारेमा यो गलत हल्ला कसले फैलाइरहेको छ । थाहापाउन सकेकी छैन’, तापसी भन्नुहुन्छ ।








प्रतिक्रिया