३१ जेष्ठ २०८३, आइतबार

बलिउड आइटम गर्ल राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, २७ पुस । बलिउडको आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित हुनुहुन्छ । अहिले उहाँ पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा हुनुहुन्छ । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका दिनुभएको थियो । उहाँले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाउनुभएको थियो ।

राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाउनुभएको थियो । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिनुभएको थियो । अदालतले केही समयको बहसपछि उहाँको निवेदनलाई खारेज गरिदिएको छ । उहाँको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ ।

‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन्, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्धामा कसैलाई पनि छुट दिनु सही होइन’, सेशन कोर्टका न्यायाधिश श्रीकान्त भोसलेले भन्नुभएको छ ।

आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नु खराब काम भएको बताउनुभयो । उहाँले यो मामलामा राखीविरुद्ध एफआईआर दर्ता गराउनुभएको थियो । उनले सेक्सन ५०० (डिफेमेसन), ३४ (कमन इनटेन्सन), सेक्सन ६७ए (पब्लिसिङ सेक्शुअली एक्स्प्लीसिट मटीरियल इन इलेक्ट्रोनिक फम)मा एफआईआर दर्ता गराउनुभएको थियो ।

राखीले यो मामलमा मुम्बई कोर्टमा आफूलाई गिरफ्तार नगर्न निवेदन दिनुभएको थियो । जबकी राखीले यो मामलामा हरेक किसिमले प्रहरीलाई सहयोग गर्नुभएको थियो । न्यायाधिश भोसलेले राखीले जुन डिभाइसको सामाग्री सर्कुलेट गर्नुभयो, त्यो सामान हालसम्म प्रहरीले फेला नपारेको बताउनुभएको छ । उहाँका अनुसार डिभाइस हालसम्म राखीसँगै छ । उहाँले डिभाइसको कुनै पनि सामाग्री प्रहरीलाई दिनुभएको छैन् ।