११ असार २०८३, बिहिबार

पपुवा न्युगिनीमा संकटकाल घोषणा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका गर्नुभएको छ ।

दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गर्नुभएको हो । यससँगै उहाँले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गर्नुभएको छ । तलब विवादलाई लिएर सुरु भएको दंगाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठूलो क्षति पुर्‍याएको छ ।

मारापेले शान्तिका लागि जनतालाई अपिल गर्दै सरकारले दंगाको कारणबारे समीक्षा गरिरहेको बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न थप प्रहरी परिचालन गरिएको छ । देशका प्रहरी प्रमुखका साथै अर्थ र कोष विभागका वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ । उहाँले तलब कटौतीमा प्रशासनिक अनियमितता भएको आरोप लगाउनुभयो ।

बुधबार राजधानी पोर्ट मोरेस्बीमा सयौं पुलिस अधिकारी, सिपाही, जेल कर्मचारी र निजामती कर्मचारीहरूले तलब कटौतीलाई लिएर आफ्नो जागिर छोडेपछि ठूलो विरोध प्रदर्शन भएको थियो । यस अवधिमा देशमा अराजकता फैलियो र दंगा मच्चिँदा १६ जनाको मृत्यु भएको थियो ।

राजधानी पोर्ट मोरेस्बीमा भएको दंगाका धेरै भिडियोहरू बाहिर आएका छन् । यसले राजधानी पोर्ट मोरेस्बीको सडकमा हजारौं मानिसहरू देखाउँछन् । तीमध्ये धेरैले लुटिएका सामान बोकेर बसेका छन् । साथै, सहरमा कालो धुवाँ देखिन्छ । सुन र तामा खानी देशको उत्तरी भागमा पर्ने पोर्ट मोरेस्बीमा भएको दंगामा नौ जना र लाईमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।