१६ असार २०८३, मंगलबार

संगीत उस्ताद राशिद खानको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस ।  भारतीय गायक तथा संगीत उस्ताद राशिद खानको ५५ वर्षको उमेरमा निधन भएको छ । मंगलबार कोलकाताको एक निजी अस्पतालमा उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहनु भएको थियो ।

उस्ताद खानको जन्म १ जुलाई १९६८ मा उत्तर प्रदेशको बदाउँमा भएको थियो । खानले बलिउड फिल्ममा पनि धेरै चर्चित गीत गाउनु भएको थियो । उहाँले सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ को लोकप्रिय गीत ‘आओगे जब तुम सजना’ मा स्वर दिनु भएको थियो ।

उहाँले फिल्म ‘किस्नाः द वारियर पोएट’ को कहे उजादी मोरी नन्द, तोरे बिना मोह छैन नही, फिल्म ‘माई नेम इज खान’का अल्लाह ही रहम, फिल्म ‘शादी मे जरुर’को ‘तू बन्जा गली संग’ जस्ता चर्चित गीत गाउनु भएको थियो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँको निधनमा शोक व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो सिंगो देश र सिंगो संगीत जगतको लागि ठूलो क्षति हो । म धेरै पीडामा छु किनकि म अझै पनि राशिद खान रहेनन् भनेर विश्वास गर्न सक्दिन ।’

उहाँले पूर्ण राजकीय सम्मानका साथ खानको अन्त्येष्टि गरिनेसमेत बताउनु भएको छ ।