
काठमाडौं, २५ पुस । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा ‘आफ्नो मौनतालाई कमजोरी नठान्न’ आग्रह गरेको पोस्टपछि सामाजिक सञ्जालमा बेपत्ता हुनुभएको अभिनेत्री नम्रता श्रेष्ठ फेरि फर्किनुभएको छ । उहाँ दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेपछि सामाजिक सञ्जालबाट हराउनु भएको थियो ।
तीन महिनाको अन्तरालपछि सोमबार उहाँले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गर्नुभएको हो । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उहँले फोटो सेयर गर्नुभएको हो । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ अभिनेत्री नम्रताले लेख्नु भएको छ ।
उहाँले छनोट गरेको यो उद्धरणले अभिनेत्री नम्रताले पछिल्लो समय के सोचिरहनुभएको छ भन्ने दर्शाउँछ । उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिनुभएको छ । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । उहाँले हालैको घुमघामको फोटो सेयर गरेको अनुमान गरिएको छ ।









प्रतिक्रिया